ताजा अपडेट »

डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन

सोमबार, ११ भदौ २०८०

काठमाडौँ ।  नेपाली सेनाको डोल्पाका गुल्मपति सम्पर्कविहीन भएका छन्। डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन् । 

गएरातिदेखि पण्डित सम्पर्कविहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले पुष्टि गरेका छन् ।

‘बडीगार्डलाई पनि छाडेर एक्लै निस्किनुभएको हुँदा हिजोदेखि सम्पर्कमा नआएको खबर भएपछि खोजीमा टोली परिचालन गरेका छौं’ उनले भने, ‘अहिले यहाँ नेटवर्कको पनि समस्या छ, त्यसैले खोजीमा केही जटिलता छ ।’

साँझ ७ बजेपछि पण्डित एकाएक सम्पर्कविहीन भएका थिए ।