ताजा अपडेट »

सभापतिको बदला कोशीमा सघाउने सौदाबाजी राप्रपाले गरेको छैनः उम्मेदवार सिंह

आइतबार, १० भदौ २०८०
1 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले समिति सभापतिको बदला कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सौदाबाजी नभएको बताएका छन् । आईतवार पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएसँगै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन अहिले विदेशमा रहेको र आएपछि मात्रै यसबारेमा छलफल हुने बताए । उनले अहिले भने सत्ता गठबन्धनसँग कुनैपनि सौदाबाजी नभएको दाबी गरे ।
‘राष्ट्रिय पार्टीलाई समेटेर समितिमा राखेको भए राम्रो म्यासेज जान्थ्यो । कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग गर्ने र यता समिति सभापति बन्ने भन्नेकुरा सरासर गलत हो ।’–सिंहले भने, यो कुरा हाम्रो पार्टीका अध्यक्ष विदेशमा हुनुहुन्छ, उहाँ भोलिसम्म आउनुहुनेछ, उहाँ नआइकन कुनै पार्टीसँग कम्परमाइज गरेका छैनौँ ।’

सौदाबाजीका लागि बचन नदिएको स्पष्ट पार्दै उनले रवि लामिछानेको पार्टीलाई पनि भाग दिनुपर्ने बताउँदै सौताको छोरो जस्तो छुट्याउनु नहुनेले उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टीलाई समिति सभापतमिा नसमेटेकोप्रति असन्तुष्टि जनाए ।