ताजा अपडेट »

खजुरा गाउँपालिका अध्यक्षको रबाफ : जिउँदै व्यक्तिलाई मरेको भन्दै अस्वभाविक अभिव्यक्ति

आइतबार, १० भदौ २०८०
1 Shares

बुटवल । बाँकेको खजुरा गाउँपालिका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डम्बर बि.क तुफानले जिउँदै रहेको व्यक्तिलाई मरिसकेको बताउँदै अभद्र शैली प्रस्तुत गरेका छन् । उनको अस्वभाविक अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना सुरु भएको छ । 

खजुरा गाँउपालिकाको संस्थागत मोबाईलमा कल गरेर पालिकाका पूर्व अध्यक्ष किस्मत कक्षपतिलाई खोज्ने क्रममा अध्यक्ष बि.कले मरिसकेको अभिव्यक्ति दिएपछि बि.कको अभिव्यक्ति विवादित बनेको हो ।
एमाले पोलिटव्युरो सदस्य एवम् बाँके इन्चार्ज खेममान खड्काले अघिल्लो कार्यकालमा पालिका अध्यक्षका हैसियतले किस्मतले चलाईरहेको मोबाईल ९८५८०६०११५ मा कल गरेमा थिए । यक्त नम्बरमा कल गरेर किस्मत जीलाई खोजेको हो भन्ने कुराको जवाफ दिंदै अध्यक्ष बि.कले ‘किस्मत त मरेर अस्ती मट्टी दिईसकेम’ भन्दै गाली गलौजमा उत्रिएको अडियो सार्वजनिक भएको छ ।

हाल नेकपा एमालेको बाँके जिल्ला अध्यक्ष रहेका किस्मत कक्षपतिबारे अपशव्द बोलेको भन्दै एमाले बाँकेले आपत्ति जनाएको छ । पालिका अध्यक्ष जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको त्यस्तो भाषाशैली हुनु आपत्तिजनक रहेको भन्दै एमाले बाँकेको प्रचार विभागले पत्रकार सम्मेलन गरेर भर्त्सना गरेको छ । प्रचार विभाग प्रमुख सतिश निरौलाले पालिका अध्यक्षको अभिव्यक्ति अमर्यादित, गैरजिम्मेवार र गालीगलौजपूर्ण रहेको भन्दै नेताहरूले कानुनी उपचार खोज्ने बताए ।

एमाले पार्टीका पोलिटव्युरो सदस्य एवम् बाँके जिल्ला इन्चार्ज खेममान खड्काले जनप्रतिनिधि जस्तो मान्छेको बोल्ने शैलीले उनी त्यो पदको सम्मान गर्न सक्ने व्यक्ति होइन भन्ने स्पष्ट भएको बताए । उनले बिकसँगको कुराकानीको केही अंश मात्रै आफूले रेकर्ड गरेको बताए ।

कक्षपति खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । पहिले उनैले चलाउने पालिकाको अफिसियल मोबाईलमा खड्काले फोन गरेका थिए । २०७९ को स्थानीय निर्वाचनबाट बिक पालिका अध्यक्ष निर्वाचित भएपछि उनले सोही नम्बर चलाइरहेका छन् ।

यो घटनापछि उक्त अफिसीयल नम्बर स्वीच अफ गरिएको छ ।

यस्तो छ सम्बाद :

तुफान : तपाई को ?
खेम : नाइँ नाइँ …मैले त किस्मतलाई खोज्या हो ….
तुफान : किस्मत त मरेर अस्ति मट्टी दिइ सकिम्
खेम : ठिकै छ, तपाईले त्यो भाषा प्रयोग गरेपनि……
तुफान : तपाई को  भन्नु न, अर्काको फोनलाई किस्मत भनेर गर्नी ?
खेम : ठिकै छ, कहिलेकाहिँ त मिस्टेक हुन्छनी….
तुफान : अरे राख्नु न यार फोन…
खेम : ठिकै छ, तपाईले राखेपनि हुन्छ, तपाईले राखे…..बिचमै काटेर
तुफान : (अपशब्द) फोन राख न बे……..
तुफान : तैले राख्न बे तैले गरेको होस्
खेम : गर्न न गरेको हो मैले….
तुफान : साला किस्मतको चोर