बुटवल । रुपन्देहीको तिलोत्तमा–९ सिर्जनशिल टोलमामा बिकास निर्माणका गतिविधिलाई परदर्शी र प्रकाभकारी बनाउनका लागि समिति गठन गरिएको छ । आर्थिक तथा सामाजिक रुपमा टोलबासीहरुलाई एकीकृत गरी यहाँ हुने हरेक विकास निर्माणको निगरानी, सहजी करण तथा स्थानीय जनको समस्या समाधानका लागि पहल गर्नेगरी सर्जनशिल टोल बिकास समितिको गठन गरिएको छ ।
लोकराज खनालको अध्यक्षमा उपाध्यक्ष सीता घिमिरे, सचिव कृष्ण प्रसाद डुम्रे, कोषाध्यक्ष सिजन सिंजाली तथा सहसचिव राजु घिमिरे रहने गरी ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो । तिलोत्तमा नगरपालिका सिर्जनशिल टोल बिकास समिति गठनसँगै टोल विकास संस्थाहरुको संख्या ९ वटा पुगेको छ । टोल बिकास संस्थाले स्थानीय स्तरमा योजनाहरु छनोट, सरसफाई, सडक तथा सार्वजनिक स्थलहरु शौन्दर्यकरण लगायतका क्षेत्रमा काम गर्ने उद्देश्य राखेको समितिका सहसचिव राजु घिमिरेले बताए ।
प्रतिक्रिया