काठमाडौँ । सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धीमुलक रुपमा मनाउने भएको छ ।
आईतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा असोज २ गतेलाई सरकारले उपलब्धीमुलक र उत्साहजनक रुपमा शिक्षा दिवस मनाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताए । उनले असोज २ लाई विशेष उत्साहका साथ माउने अठोट गरे । उनले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रलाई भव्यताका साथ उपलब्धिमुलक रुपमा मनाउन आह्वान गरे । उनले शिक्षा दिवस उपलब्धिमुलक र परिणामुखी बनउन सरकारले काम गरिरहेको पनि बताए ।
उनले भने, ‘असोज २ लाई विशेष उत्साहका साथ माउनका निम्ति प्रयत्न गर्नेछौँ भन्ने अठोट पनि यो आयोजक समारोह समितिले गर्नुपरेको छ । यहाँहरु सबैले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रलाई भव्यताका साथ उपलब्धिमुलक, भव्यताको पाटो मात्रै होइन की उपलब्धिमुलक, परिणामुखी, यसले केही न केही सन्देश नेपाली जनतालाई दिओस् । केही उपलब्धी पनि र नेपाली शिक्षालाई गहिराउने, यसलाई बिस्तारित गर्ने सन्दर्भमा भन्ने हिसावबाट यहाँहरु सबैको सहयोग हुने नै छ । हामी विभिन्न निकाय, संघसंस्था, प्रदेश सरकार, स्थानीय निकायसमेतलाई अनुरोध गरेर हाम्रो जुन उचाईको उत्साह छ, त्यो उत्साह त्यहाँ पनि कम्युनिकेट गर्नुपर्नेछ ।’
मन्त्री राईले नेपाली शिक्षालाई बिस्तारित बनाउन राष्ट्रिय शिक्षा दिवसले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया