ताजा अपडेट »

सन्दीप लामिछानेविरुद्धको मुद्दा पाँचौँ नम्बरमा

आइतबार, १० भदौ २०८०

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आइतबार सुनुवाइ हुन लागेको हो ।

 न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको पेसी चढाइएको छ । 

सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ । आइतबारबाट हुने भनिएको सुनुवाइ फैसला हुने बताइएको छ । तर, पटक पटक सुनुवाइ स्थगित हुँदै आएको छ ।