ताजा अपडेट »

तिलोत्तमा नगरपालिका-९ मा सिर्जनशिल टोल बिकास संस्था गठन

आइतबार, १० भदौ २०८०

बुटवल । आर्थिक, समाजिक सवालमा सबै टोलबासीहरुलाई निर्णय प्रकृयामा समान अवसर र अधिकार प्रदान गर्न स्थानीय विकास प्रक्रियामा टोल तथा बस्ती स्तर बाट नै नागरिक सहभागिता सुनिश्चित गर्दै समाजको आवश्यक,सामाजिक,साँस्कृतिक लगायत विकासका सबै पक्षमा दिगोपना सृजना गर्न तिलोत्तमा वडा न ९ को भौगोलिक क्षेत्र भित्र बसोबास गर्ने नागरिकहरुको सहभागितामा वडा कार्यालयको सहयोगिको रुपमा काम गर्ने गरि तिलोत्तमा वडा न ९ मा सिर्जनशील टोल बिकास सस्था गठन  थप गरिएको छ ।

सामाजिक कार्यमा पारदर्शिता कायम गरी सुशासनलाई बढवा दिन  सिर्जनशील टोल बिकास संस्थाको तदर्थ कार्यसमिति अध्यक्षमा लोकराज खनाल,उपाध्यक्षमा सीता घिमिरे ,सचीव कृष्ण प्रसाद डुम्रे ,कोषाध्यक्ष सिजन सिंजाली,सहित कार्यसमिति सदस्य ७ जना गरि ११ जनाको कार्यसमिति गठन गरिएको छ।

तिलोत्तमा नगरपालिका वडा न ९ मा यस अघि रहेका ८ वटा टोल बिकास सस्था बाट १  टोल बिकास संस्था थप गरि हाल ९ वटा टोल विकास संस्था कायम रहेको छ।

सिर्जनशिल टोल बिकास सस्था ले सामुदायिक प्रयासमा टोलको संस्थागत, सामाजिक, आर्थिक विकास तथा स्थानियस्तरमा सुशासन प्रवर्द्धन गर्न सामाजिक क्रियाकलाप मा सहभागी रहेर सरसफाइ कार्यक्रम ,सडक बत्ति ब्यवस्थापन एवम सामाजिक सहिष्णुता कायम गर्दै  महत्त्वपूर्ण भुमिका निर्वाह सहित कार्य गरिरहेको  सिर्जनशील टोल बिकास सस्थाका सचीव कृष्ण प्रसाद डुम्रे ले जानकारी गराउनु भयो ।