ताजा अपडेट »

बागमती नदीमा महाजलयात्रा

शनिबार, ०९ भदौ २०८०

काठमाडौं । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ। नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज बिहान ७ बजे कुपण्डोलस्थित बागमती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको हो।

बागमती नदी संरक्षण अभियान प्रभावकारी बनाउन शनिबार बिहान बागमती नदीमा गरिएको जलयात्रा। तस्बिर स् राससबागमती नदी संरक्षण अभियान प्रभावकारी बनाउन शनिबार बिहान बागमती नदीमा गरिएको जलयात्रा। नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वर्द्धनका साथै र्‍याफ्टिङ र जल पर्यटनको उजागर गर्न र नदी महोत्सव तथा महाजलयात्रा गरिएको बताए।

काठमाडौँ सहरका साथै बागमती नदीको वातावरण दूषित भएको भन्दै २३ औँ संस्करणका रुपमा महाजलयात्रा आयोजना गरिएको हो। सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण बागमती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताले विभिन्न अभियान सञ्चालन गरिरहेका छन्।

बाजागाजासहित सुरु भएको जलयात्राले सबैलाई नदी नजिक पुर्‍याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराएको नाराले जनाएको छ। सोही अवसरमा सहभागीले नदी सरसफाइसमेत गरेका थिए।