रुपन्देही । आत्मबिश्वास , स्वतन्त्रता , सहभागिता र उद्यमशिलता एक अर्काका पुरक भएको बुटवलमा शुक्रबार आयोजित कार्यक्रम सहभागिहरुले बताएका छन् ।
एकाउण्टाबिलिटी ल्याव नेपाल , बुटवल उपमहानगरपालिका र चाँदनी नेपालले आयोजना गरेको युवा, सहभागिता र उद्यमशिलता बिषयक अन्र्तकृया कार्यक्रममा बोल्ने बक्ताहरुले युवाहरु संग योजना भएकाले सरकारले योजना मै लगानी गरेर भबिष्यको सपना देखाउनु पर्ने बताएका हुन ।
स्थानीय सरकार नजिकको सरकार भएकाले युवाले महशुष गर्ने किसिमले सहभागितामुलक योजना बनाउदै कार्यन्वयन गर्नुपर्ने सरोकारवालाको भनाई थियो । योजना निर्माण, बजेट बिनियोजन र अनुगमनका चरणमा युवाको सहभागितालाई ग्यारेण्टी गर्नुपर्ने उनीहरुको माग थियो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले युवाहरुका लागि बुटवल संभावनाको शहर भएकाले योजना सहित आएमा सहकार्य र सहयोग गर्न तयार रहेको बताए ।
उनले युवा शसक्तीकरण र रोजगारीको क्षेत्रमा २ करोड ३० लाख , महिला ससक्तीकरण र उद्यमशिलतामा ३ करोड तथा युवा तथा खेलकुदका लागि ३ करोड भन्दा बढि बजेट बिनियोजन गरेको बताउदै सिप सहितको प्रमाणपत्रले मात्रै रोजगारीका अबसर प्राप्त गर्ने बताए । उद्यमशिलता र रोजगारीले मौत्र युवाहरुको बिदेश पलायन रोकिने संभावना कम हुदै गएको भन्दै प्रमुख पाण्डेले युवालाई स्वदेशमा प्रसस्तै संभावना छन भनेर बैचारीक बहस नै चलाउनु पर्ने आवश्यकता रहेको बताए ।
राजनितिशास्त्री तथा पुरक एसियाका कार्यकारी निर्देशक हरि शर्माले लोकतन्त्रलाई जिबन्न बनाउन गुनासो होइन युवाहरुले प्रश्न गर्ने बानीको बिकास गर्नुपर्ने बताए । लोकतन्त्रको दिगोपनाका लागि सहभागिता र उद्यमशिलता अनिबार्य सर्त रहेको भन्दै राजनितीशास्त्री शर्माले जोखिम मोल्न सक्ने युवाहरुलाई लगानीका लागि उत्प्रेरीत गर्ने बाताबरण बनाउनु पर्नेमा जोड दिए ।
एकाउण्टाबिलिटी ल्यावका नेपाल प्रमुख नारायण प्रसाद अधिकारीले स्थानीय सरकारलाई पारदर्शी र जवाफदेहि बनाउनका लागि युवाहरुले साझेदारको भुमिका खेल्न सक्ने भएकाले युवा र सरकारबिच सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले युवाहरुले लगानीमैत्री निती , बाताबरण र सुरक्षा खोजिरहेको बताउदै युवाहरुको सहभागिता बिना लोकतन्त्रको सफल र स्थानीय अभ्यास हुन नसक्ने बताए ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जल कसजु , रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल , होटल तथा रेष्टरेण्ट व्याबसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी , घरेलु तथा साना उद्योग व्यबसायी महासंघ रुपन्देहीका उपाध्यक्ष मञ्जु भुसाल , एकाउन्टाबिलिटी ल्याव नेपालका कार्यक्रम अधिकृत प्रेक्षा बिमली , युवा उद्यमी रामचन्द्र पन्थी लगाएतले बोल्दै युवाहरुले अपनत्व ग्रहण नगर्दा सम्म लोकतन्त्र बलियो बन्न नसन्ने भएकाले स्थानीय सरकारले युवामैत्री निती बनाउदै उद्यमशिलता तर्फ प्रेरीत गर्नुपर्ने बताएका थिए।
कार्यक्रमका सहभागि युवाहरुले युवा मैत्री निती बनाउनु पर्ने , टोल बिकास संस्था गठन गर्दा युवालाई कार्यकारी पदमा स्थान दिनुपर्ने , रोजगारी श्रृजना गरी युवालाई बिदेशीन बाट रोक्नु पर्ने , स्थानिय क्लवहरुमा आवद्ध युवाहरुको क्षमता बिकासमा ध्यान दिनुपर्ने , अपाडग मैत्री संरचना बनाउनु पर्ने तथा योजना निर्माण देखि अनुगमन सम्मका प्रकृयाहरुमा युवाहरुको सहभागिता सुनिश्चित गर्नुपर्ने लगाएतका प्रश्नहरु नगर प्रमुख पाण्डे संग राखेका थिए ।
प्रतिक्रिया