ताजा अपडेट »

तिलोत्तमामा जारी जेसिज क्षेत्र 'घ' सम्मेलन : नाराबाजीपछि कडा सुरक्षा बीच सुचारु

शुक्रबार, ०८ भदौ २०८०

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन विवाद उत्पन्न भएपछि कडा सुरक्षा परिचालन गरि कार्यक्रम सुचारु गरिएको छ । सम्मेलनमा असन्तुष्ट पक्षले कार्यक्रम स्थलमा नाराबाजीसहित बोतल प्रहार गरेपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

क्षेत्र 'घ' अन्तरगत रुपन्देहीको सिद्धार्थ लेडी जेसिज र धनगढी लेडी जेसिसमा उत्पन्न विवाद समाधान नगरी आयोजकले एकपक्षीय ढंगले प्रतिनिधित्व गराएको भन्दै विरोध भएको थियो । विरोधका बीच जारी सम्मेलनमा पटक-पटक स्थगित र सुचारू भएको थियो । सम्मेलनमा असन्तुष्ट पक्षले नाराबाजी गरेपछि सुरक्षाकर्मी उपस्थित गराई असन्तुष्ट पक्षलाई शान्त पार्ने काम गरिएको थियो ।

विगत ३ वर्षदेखि विवाद भएको सिद्धार्थ जेसिजमा समस्या समाधान नगरी आफूहरुलाई प्रतिनिधित्व गर्न नदिएपछि असन्तुष्ट पक्षले बिरोध गरेका थिए । नेपाल जेसिजको नेतृत्वले व्यक्तिगत स्वार्थ अनुसार सिद्धार्थ लेडी जेसिजको अध्यक्षमा विष्णु पाण्डे हुनु पर्नेमा गीता बन्जाडेलाई अध्यक्ष बनाइएको भन्दै पूर्व अध्यक्ष रचना क्षेत्रीले जानकारी दिइन । नेतृत्वले विवाद समाधान गर्नुको साटो अनाधिकृत समूहलाई मान्यता दिने तर आधिकारिक समुहबाट रजिष्ट्रेसन शुल्क उठाएर पनि सहभागी हुन नदिएको क्षेत्रीले बताइन् । सिद्धार्थ लेडी जेसिजमा २०२० देखि नै विवाद कायम रहेको छ ।

यसैगरि धनगढी लेडि जेसिजमा पनि ३ वर्षदेखिको विवाद समाधान नगरी एक पक्षीय रुपमा प्रतिनिधित्व गराएको भनि बिरोध भएको छ । धनगढी लेडिज जेसिजमा सरिता साउद आधिकारिक नेतृत्व भएपनि पवित्रा पाण्डेको समूहलाई एक पक्षीय रुपमा प्रतिनिधित्व गराइएको भनी बिरोध भएको छ  । 
नेपाल जेसिजका अध्यक्ष बिकास मानन्धरले आफू महासचिव हुँदा मान्यता दिएको समितिलाई अहिले आएर मान्यता नदिनु गलत भएको उनले बताइन् । 

तिलोत्तमा जेसीजको आतिथ्यतामा शुक्रबारदेखि मणिग्राम स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा जारी सम्मेलनमा देशभरबाट करिब १ हजार बढी प्रतिनिधि सहभागी भएका छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा क्षेत्र 'घ' अन्तरगत गैडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिव ५ सय प्रतिनीधि तथा पर्यवेच्छेक, नेपाल जेसीज र अन्य शाखा तथा अतिथि समेतको सहभागिता रहेको छ । विवादका बिसयमा नेपाल जेसिसका अध्यक्ष बिकास मानन्धरले प्रतिक्रिया जनाउन चाहेनन् ।