बुटवल । संघीयता स्थापना संगै नेपालमा नगारिक समाजको भूमिका कमजोर भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
सेन्टर फर मिडिया रिचर्स काठमाण्डौको आयोजानमा बुटवलमा आयोजना गरिएको प्रदेशमा नागरिक स्वतन्त्रता विषयम अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले पछिल्लो समयमा नागरिक आन्दोलन संगै नागरिक समाजको भूमिका कमजोर हुदै गएको बताएका हुन ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेशको गृह मन्त्रालयका उप सचिव खिमानन्द ज्ञवालीले नागरिक समाजले निरन्तर खबरदारी गर्नुपर्ने कुरामा जोड दिए । उनले नागरिक समाज कमजोर हुँदा नीति निर्माणमा समेत असर पर्ने भन्दै यसको लागि निरन्तर खबरदारीको आवश्यकता रहेको औल्याएका थिए । उनले नीति निर्माण भएपनि कार्यान्वयनको पक्षमा जनतास्तरबाट चासो देखाउनुपर्नेमा जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले संघीयता ल्याउनको लागि ठुलो भूमिका निर्वाह गरेका मिडिया क्षेत्रलाई सरकारले नै वास्ता नगरेको बताए । उनले मिडीया काउन्सील विधेयक सहित प्रदेश सञ्चार परिषद गठनमा सरकराले नै ॅपङ्गु’ बनाएको बताएका थिए । उनले परिषद निर्माण गरे पनि कार्याविधि, नियमावली विहिन भएको कारण यसले कुनै पनि काम गर्न नसकेको भन्दै सरकारले यसमा चासो दिन आवश्यक रहेको बताएका थिए ।
यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार तथा पुर्व अध्यक्ष शेर बहादुर केसीले नागरिक समाजको भुमिका कमजोर देखिएको भन्दै यसलाई शशक्त बनाउनुको विकल्प नभएको बताएका थिए । उनले गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एशोसीयसन जस्ता जस्ताको आझ पछिल्लो समयमा हराउदै गएको बताएका थिए । उनले नागरिक समाजका विषयबस्तुलाई राजनीतिककरण गरिदा अहिलेको अवस्था आएको बताएका थिए ।
अधिवक्ता महेन्द्र पाण्डेले अहिलेको सिभिल सोसाईटी बरालीएको बताए ।उनले राजनीतिकरणको कारण पछिल्लो समयमयमा नागरिक आन्दोलन नै नभएको भन्दै यसमा अव खबरदारीका लागि सिभिल सोसाईटी व्युतिनुपर्नेमा जोड दिएका थिए । प्रदेश सञ्चार परिषद्का सदस्य तथा लुम्बिनी प्रेस क्लव भैरहवका अध्यक्ष सम्झना शर्माले राज्यवाट दमन भएको बेला, अधिकार प्राप्तीको बेलामा मात्र जाग्ने नारिक समाज नीति निर्माणको तहमा खबरदारी गर्नको लागि निरन्तर लाग्नपर्नेमा जोड दिईन ।
उनले प्रदेश सञ्चार परिषदको गठन भएपनि कार्याविधि, नियमावली नुहँदा सरकार नै यसको अनुच्छुक देखिएको भन्दै यसमान ढिलाई गर्न नुहने बताईन । कार्यक्रममा अधिवक्ता गोमती सुनार, संगीतकार शुरेश सेन्चुरी, ईन्सक प्रतिनिधि रिमा विसी, साहसी कदम नेपालका अध्यक्ष आनिक राना, लेखक तथा प्रध्यापक युवाराज कण्डेल लगायतले आ आफ्नो धारणा राखेका थिए ।
प्रदेशमा नागरिक समाजको उपस्थिति अवस्था नागरिक स्वतन्त्रताको विषयमा शिक्षा पत्रकार समुहका केन्द्रीय अध्यक्ष तथा बुटवल टुडे राष्ट्रिय दैनिकका सम्पादक कृष्ण मल्लले कार्य पत्र प्रस्तुत गरेका थिए । उनले दलित समुदाय, बादी समुदाय, धार्मिक सहिष्णुता, यौनक तथा अल्पसंख्य समुदाय, अपाङ्गता भएका व्याक्तिहरुको समुदाय, शैक्षिक शुल्क निर्धारण लगायतका विषयमानागरिक समाजस्तरबाट भएका आन्दोलन र उपलब्धीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सेन्टर फर मिडिया रिसर्जका प्रोग्राम म्यानेजर उज्जवल प्रजापतीकोसंयोजन रहेको कार्यक्रममा पत्रकार सीपी खनालले सहजीकरण गरेका हुन ।
प्रतिक्रिया