ताजा अपडेट »

विद्युत प्राधिकरणको कार्यालयमा आगलागी

शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ। कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो ।

काठमाडौँ महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ। काठमाडौँ महानगरपालिकाका एसपी विष्णु जोशीले एक घण्टापछि आगो नियन्त्रणमा आएको जानकारी दिए ।

आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन। विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ ।