ताजा अपडेट »

महाकाली नदीले नाघ्यो सतर्कता तह

विहीबार, ०७ भदौ २०८०

काठमाडौँ । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ ।

बाढी पूर्वानुमान् महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगेको छ। महाकालीको सतर्कता तह ५.८० मिटर हो। खतराको तह ७ मिटर तोकिएको छ ।

अहिले पानीको बहाव स्थिर भएपनि आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्ने पूर्वानुमान छ। पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।