ताजा अपडेट »

गैडहवा ताल पुन: निर्माण गरी नेपाली सेनाद्वारा गाउँपालिकालाई हस्तान्तरण

बुधबार, ०६ भदौ २०८०

बुटवल । नेपालि सेनाको आयोजनामा रास्ट्रपति चुरे तराई मधेश सरक्षण बिकास कार्यक्रम अन्तरगत गैडहवा ताल पुन: निर्माण गरि नेपालि सेनाद्वारा गाउँपालिकालाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

रास्ट्रपति चुरे तराई मधेश सरक्षण बिकास समितिका अध्यक्ष किरण पौडेलको अध्यक्षता र कालि भक्ति गण (इ) भैरहवाका रथि सिताराम खड्काको प्रमुख आतिथ्यतामा भयको कार्यक्रममा बोल्दै प्रमुख अतिथि रथि खड्काले ताल संरक्षणले पर्यटन प्रबर्द्धन सङै जैविक विविधताले पनि बढेर जाने र यस्ता खाले ठुला जल संरक्षणले पानीको सतहलाइ मात्रै नभै सिङ्गो बाताबरणलाइ फाइदा हुने बताए।

गैडहवा गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले ताल हस्तान्तरण कार्यक्रममा बोल्दै गौतम बुद्धको जन्म स्थल लुम्बिनी संगै रहेकाले गैडहवा ताललाइ पर्यटन प्रबर्द्धन र प्रचार प्रसार गर्न सबै संग आग्रह गरे । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाइ जब सम्म गैडहवा ताल सम्म ल्याइदैन तब सम्म गैडहवाको उन्नति हुन नसक्ने हुनाले ताल संरक्षण सङै प्रबर्द्धनमा लाग्न अनुरोध गरे।

ताल गैडहवा गाउँ पालिका वडा नम्बर ४ मा अबस्थित रहेको छ। रास्ट्रपति चुरे तराई मधेश सरक्षण बिकास समितिबाट आर्थिक बर्ष २०७९/८० को स्वीकृत बजेटबाट नेपालि सेनाले पुन: निर्माणको काम गरि गैडहवा ताल समरक्षण समितिलाई हस्तान्तरण गरेको हो। कार्यक्रममा गैडहवा गाउँ पालिका उपाध्यक्ष माधुरि जयस्वाल प्रमुख प्रसासकिय अधिकृत, नेपालि सेनाका अधिकृत वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो।