ताजा अपडेट »

धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

मंगलबार, ०५ भदौ २०८०

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

एक ग्राम लागूऔषधसहित जिल्लाको घोघोडी नगरपालिका–१० का २३ वर्षीय युवक उमेश चौधरी पक्राउ परेका हुन्।

मंगलबार बिहान धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट लागूऔषधसहित चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।