ताजा अपडेट »

आजपनि सुनको मूल्यमा गिरावट

बुधबार, ०१ फागुन २०७५


फागुन १,

काठमाडौं । आज बुधबार सुनको मूल्य तोलामा २ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ६१ हजार ६ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ६१ हजार ३ सय रुपैंयामा कारोबार भइरहेको छ । चाँदी पनि तोलामा पाँच रुपैंयाले घटेर प्रतितोला ७६५ रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।