काठमाडौं । संसद गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्बदलीय बैठक बोलाईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा हिजो बसेको बैठकमा सहमति जुटन नसके पछि आज पनि बैठक बोलाईएको हो । बैठक दिउँसो ४ बजे बस्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अबरोध गरिरहेको छ । तर, सरकारले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ । सरकार र प्रतिपक्षी दुबै दल आ आफना अडानमा कायमै राखे पछि साउन १२ गते देखी संसद चल्न सकेको छैन् ।
यसबिचमा सभामुख देवराज घिमिरेले संसद चलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखी प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरे पनि अझै निष्कर्ष निस्कन सकेको छैन ।
यद्धपी, सहमतिका लागि भन्दै प्रधानमन्त्री प्रचण्डले समय माग गरे पछि हिजोको बैठक स्थगित गरी साउन ६ गते प्रतिनिधिसभा बैठक बोलाईएको छ ।
प्रतिक्रिया