माघ १३,
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि नवौं चरणका खेलहरु सुरु हुँदैछन् । दशरथ रंगशालामा हुने नवौं चरणको पहिलो खेलमा आज नेपाल पुलिसले सशस्त्र प्रहरीको एपीएफ टिमसँग खेल्नेछ ।
आजै दिउँसो उपाधि दावेदार मच्छिन्द्र र थ्रिस्टार भिड्नेछन् । अंक तालिकामा मच्छिन्द्र क्लब १६ अंकसहित दोस्रो स्थानमा छ । १४ अंकका साथ थ्रिस्टार क्लब चौथो स्थानमा छ । आजको खेल जित्ने टोलीलाई अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर रहेको छ । हाल शीर्ष स्थानमा रहेको आर्मी क्लबको १७ अंक छ ।
प्रतिक्रिया