ताजा अपडेट »

बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड शीर्षस्थानमा

सोमबार, १३ माघ २०७६

माघ १३,

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले भालाडोलिडलाई १-० गोल अन्तरले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा रियल लाई संघर्षपूर्ण जित दिलाउनको लागि नाँचोले गोल गरे । उनले ७८ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो ।

रियलले घरेलु टोलीलाई दवावमा राखे पनि गोल गर्ने लागि ७८ औं मिनेटसम्म कुर्नु परेको थियो । खेल सुरु भएको १२ औं मिनेटमा नै भालाडोलिडले गोल गरेको थियो । तर भिएआरबाट मान्यता नपाउदा अग्रता लिनबाट चुकेको थियो । टोनी क्रुसको फ्रिकिकमा क्यासमिरोले क्लोज रेन्जबाट हेडिङ गोल गरेपनि उनी अफसाइड ठहरिए ।

यो जितसँगै रियल ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । रियलको २१ खेलबाट ४६ अंक जोडेको छ भने समान खेल खेलेको बार्सिलोनाले ४३ अंक जोडेर दोस्रो स्थानमा छ । शनिबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २-० ले स्तब्ध भएको थियो । –एजेन्सी