ताजा अपडेट »

गुल्मीमा स्कुल जान हिडेकी १४ वर्षीया बालिका सम्पर्कविहिन

शनिबार, ०२ भदौ २०८०


गुल्मी गुल्मीमा १४ वर्षिया बालिका शुक्रबार बिहान देखि बेपत्ता भएकी छन् । मालिका गाउँपालिका-२ दुनाम गाउँकि निशा बिक शुक्रबार बिहानदेखि घरबाट बेपत्ता भएकी हुन् ।

च्यानडाडा माबी कक्षा -९ मा बढ्ने उनी बिहान ९ बजे स्कुल हिडेदेखि बेपत्ता भएको उनकी आमा बालकुमारी बिकले बताइन । 'आमा आज शुक्रबार हो, स्कुलमा पढाई हुन्न आज, सरहरुले बिरुवा रोप्ने भन्नू भछ भनेर आउट ड्रेसमा हिडेकी हो, साझ सम्म आफन्तसँग बुझ्दा कतै फेला पत्ता लागेको छैन।' - उनकी आमाले भनिन् ।निशाको साथमा मोबाईल नभएको उनले बताइन ।