ताजा अपडेट »

डेंगी रोगबाट बच्ने कुरा

शनिबार, ०२ भदौ २०८०

सरुवा रोगले एकै पटकमा धेरै संख्या र ठाउँमाब्यापक असर तहसनहस गरी मानवीय र वातावरणीय पर्यावरणमा समेत गम्भीर असन्तुलन गराउँदछ । सरुवा रोग एकबाटअर्कोमा सर्ने भएकोले केहीघण्टा देखि केहीदिनमै फैलिने गर्दछ । पौराणिक कालदेखि नै कुष्ठरोग, क्षयरोग लगायतका सरुवा रोगले सताएको इतिहास पाउछौ । भर्खरैको बिगतलाई हेर्दा काभिड १९, सार्स, इबोला, स्वायन फ्लू, जिकाभाइरस, दादुरा, हैजालगायत थुप्रै रोगले मानब समाजलाई हायलकायल बनाएको थियो र गर्नेछ ।

डेंगी ज्वरो पनि सरुवा रोग हो । अफ्रिका र दक्षिण पूर्वि एसियामा ५०० देखि १००० वर्षपहिले गैरमानव९बउभक, झिगचक, यिचष्कभक,mयलपभथ०बाटमानवमा डेंगीभाइरस संलग्न रहेको बैज्ञानिकको परिकल्पना छ । डेंगु जस्तै रोगका रुपमा सन १६३५ मा देखिएको अनुमानगरिएतापनि सन १७७९ माउत्तर अमेरिका र अफ्रिकामा डेंगीको पहिलो महामारी फैलिएको थियो ।

नेपालमा २०६१ (२००४) सालमा देखा परेपछि विस्तारै विस्तारै देशका विभिन्न जिल्लामा छिटफुट त कहि महामारीको रुपमा देखियो । नेपालमा डेंगीको विकास क्रमलाई हेर्दा २००४ मा १ जना, २००६ मा ३२ जना, २००७ मा २७ जना प्राय, २००८ मा १० जना, २००९ मा ३० जना, २०१० मा ९१७ जना, २०११ मा ७९ जना, २०१२ मा १८३ जना, २०१३ मा ६८६ जना, २०१४ मा ३५६ जना, २०१५ मा १३५ जना, २०१६ मा १५२७ जना, २०१७ मा २१११ जना, २०१८ मा ८११ जना, २०१९ मा १७९९२ जना, २०२० मा ५३० जना, २०२१ मा ५४० जना, २०२२ मा ५४७८४, २०२३ को अहिलेसम्म १४३५७ जना गरी आजसम्म नेपालमा ९५१०८ जना डेंगी ज्वरोका रोगी देखिइसकेको छ ।

प्रायःगरेर पूर्व मनसुन र मनसुनको मौसममा डेंगी रोग सार्ने एडिजलामखुट्टेको बृद्धिविकास अत्याधिक हुने भएकोले २०७९ सालको बैशाखदेखि असोजसम्म ७७ वटै जिल्लामा ५४७८४ जना डेंगीका रोगी देखिएकोमा ८८ जनाको मृत्यु भएको थियो । आजको तथ्याङ्क हेर्दा ७५ जिल्लामा पैmलिइसकेको १४३५७ जना डेंगी रोगी देखिएकोमा १० जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार डेंगी विश्वब्यापी रुपमा बढेको छ र विश्वमा आधा जनसंख्या अहिले डेंगीको जोखिममा छन् । १२९मुलुक डेंगी संक्रमणको जोखिममा भएपनि वास्तविक बोझको ७० प्रतिशत एसियामा छ ।

डेंगीरोग डेंगु विषाणुले गर्दा हुन्छ । यो एउटा भाइरस हो । यसको खास उपचार छैन । एडिजजातको लामखुट्टेले फैलाउने गर्दछ । सामान्यतया यी लामखुट्टेको आवरण सेतो कालो रङ्गको हुन्छ । एडिजएजिपटाई र एडिजअल्बोपिकटस मुख्य रुपमा डेंगु र चिकनगुनिया भाइरस फैलाउने लामखुट्टे हो । डेंगी संगसंगै चिकनगुनिया पनि फैलिएको हुनसक्छ । नेपालमा चिकनगुनिया सन २०१३ मा पुष्टि भएको हो । हाल यसको परीक्षण नभएकोले अज्ञात भएपनि डेंगीमा जस्तै ज्वरो, जोर्नीमा पीडा, शरीरमा बिमिरा आउने लक्षण हुन्छ ।

डेंगी असाध्यै पीडादायक रोग हो । डेंगीरोग लागेपछि अचानक उच्च ज्वरो आउने, टाउको फुट्लाजस्तो गरी दुख्ने, आँखाको गेडी खस्लाजस्तो हुनु, दुख्नु, जोर्नी र मांशपेशीहरु बेस्सरी दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वावान्ता हुनु, ढाडको तल्लो भाग र खुट्टाको पिँडुला असह्य दुख्नु, गम्भिर हुदै जाँदा तारन्तार वान्ताहुने, पेट असाध्यै दुख्ने, गिँजा नाक लगायत अन्य अंगबाट रगत बग्ने, असाध्यै थकित आलस्य हुने गर्दछ ।

डेंगीका प्रारम्भिक लक्षणहरु ३ देखि ७ दिनसम्म रहन्छ । यसपछि धेरैलाई ठीक महुसुस हुन्छ तर केहीलाई गम्भीर डेंगु (Dangue Haemorragic Fever) हुन्छ । जसको लागि चिकित्सा उपचारको आवश्यकता हुन्छ । गम्भीर डेंगुका लक्षणहरु जीवनका लागि खतरा हो । ज्वरो हटेको २४ देखि ४८ घण्टापछि गम्भीर डेंगुका लक्षण देखिन्छ । डेंगुका भाइरसले रक्तनलीहरु क्षतविक्षत गराउछन । रगतमा प्लेटलेसको संख्या घट्छ । जसका कारण आन्तरीक रक्त श्राबकाकारण हरेक अंगहरुले कामगर्न छोड्छन् र बिरामीको मृत्यु हुने समभावना हुन्छ ।

एडिजलामखुट्टे विशेषत सूर्य उदयभएको १२ घण्टापछि÷बिहान ९ देखि १२ बजे) र सूर्यअस्त हुनुभन्दा २/३ घण्टा अगाडि (दिउँसो ३ देखि ७ बजे बीच) सबैभन्दा सक्रियहुने गर्दछन् । तर अरुबेला पनिटोक्छन् । दिनमा बढी सक्रिय यी लामखुट्टे दिउँसोमा लामखुट्टेको आवाज नसुनिने भएका कारण पनि टोकेपछि चिलाउदा थाहा हुन्छ । धेरैजसो कार्यस्थलमा काम गर्दै गर्दा डेंगु सर्ने सम्भावना हुन्छ ।
डेंगी रोगको खास उपचार नभएकाले रोग संक्रमण हुनन दिनु वा रोकथाम नै हो । तसर्थ यसका लागि यसो गरौं ।
- एडिजजातको लामखुट्टेले दिनमा टोक्ने भएकाले विहान र साँझ विषेश सचेत हुने ।
- पूरै शरीर ढाक्ने लुगा लगाउने ।
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने ।
- बिहान, राती, दिउँसो जहिले पनि झुल लगाएर मात्र सुत्ने ।
- काम गर्ने कार्यस्थल सफा राख्ने । दिउँसो पनि लामखुट्टे धपाउने धुप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउँने ।
- पानी राख्ने भाँडाहरु ट्याङ्की, ड्रम, बाटा, बाल्टिन आदीलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने ।
-घर, विद्यालय, शौचालय, सार्बजनिक स्थल, कुनाकाप्चा, संकास्पद लामखुट्टेका लार्भा विकास भएका ठाउँमा किटनाशक औषधी छर्कने गरौं ।
- काम नलाग्ने र पानी भरीन सक्ने सामानहरु जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरु पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने ।
- एसि, कुलर, पानी ट्याङ्की, फुलदानी, गमलामा राखिएको प्लेट कम्तिमा हप्ताको एक पटक राम्ररी सफा गरौं ।
-खाल्डाखुल्डी पुर्ने, खाने पानी ढल चुहिएमा तत्काल मर्मत गरौं ।
-डेंगु बस्ने ठाउँ खोजी नष्ट गरौ ।
-बालबालिकालाई पार्क लैजादा, साँझ÷बिहान करेसाबारीमा जाँदा लामखुट्टेले नटोकोस् भनेर साबधानी अपनाउने ।
-डेंगु भएमा चिकित्सकको सल्लाह बमोजिम नियम पालना गर्ने । अनावश्यक औषधी नखाने ।

यसको साथमा मुलुकमा तीन तहका सरकार छन । संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले “डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना” (माघ २०७९ देखि पौष २०८० सम्म) जारी गरेको छ । विज्ञहररु डेंगी अहिले मात्र होइन आगामी वर्षमा पनियसको समस्या हुने आंकलन गर्दछन् । आम नागरकिलाई स्वस्थ र सुरक्षित राख्नु राज्यको दायित्वहो । स्वास्थ्य सम्बन्धि आधारभुत, आकस्मिक सेवा लगायत स्वास्थ्य उपचार सम्बन्धमा जानकारी पाउने नागरिकको मौलिक हक हो । तसर्थ तीनै तहका सरकारले योजनागत रुपमा रणनैतिक योजनातर्जुमा गरी संघ, प्रदेश स्थानीय तहको वडा, टोल-टोलमा क्रियाशिल महिला समूह, क्लब, सामुदायिक वन, संघ संस्था, नागरीक अगुवा, राजनीतिक दल सबै-सबैसंग सहकार्य, समन्वय गरी समाज राष्ट्रलाई स्वस्थ बनाउने कार्यमा जुट्दा कसो होला । स्वास्थ्य त्यसै धन भनिएको होइन । स्वस्थ्य बिना जीवन छैन । स्वस्थ जीवनले नै परिवार, समाज र राष्ट्रलाई योगदान दिन सक्छ । स्वस्थता बन्ने बनाउनेमा लागौ ।