ताजा अपडेट »

तिनाउमा खेलसप्ताह,हजार बढी विद्यार्थीको सहभागिता

आइतबार, १२ माघ २०७६


माघ १२,
ग्लोबल आवाज
बुटवल । देविनगर स्थित तिनाउ ई.बो.स्कूलमा खेल सप्ताह–२०७६ सुरु भएको छ । विद्यालयले आइतबार पत्रकार सम्मेलन गरी खेलसप्ताह बारे जानकारी गराएको हो । विद्यालयका अध्यक्ष यज्ञमूर्ति पाण्डेको अध्यक्षता र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा खेल सप्ताहको उद्घाटन समेत गरएको हो । सो अवसरमा बोल्दै विद्यालयका पाण्डेले पठन–पाठन,पाठन,अनुशासनसँगै खेलकूदलाई पनि प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले खेल सप्ताह आयोजना गरिएको बताए । खेलसप्ताहमा ५० भन्दा बढी इन्डोर र आउट डोर खेलमा हजार भन्दा बढी विद्यार्थीहरुले प्रतिष्पर्धा गर्ने जनाए।

पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ पत्रकार खिमानन्द भट्टराईले विद्यालयले वर्षमा केही दिन मात्र खेलकूद कार्यक्रम अयोजना गर्नाले खेलकूदको विकास नहुने बताउँदै पठन–पाठनसँगै नियमित खेलकूद गतिविधिलाई निरन्तरता दिनुपर्ने बताए । साथै उनले निजी विद्यालयले सामाजिक उत्तरदायित्वको थप कार्यक्रम समेत गर्न सुझाए । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी.ले शिक्षासँगै खेलकूदको विकासले विद्यार्थीको उज्ज्वल भविष्य हुने बताउँदै राष्ट्रिय पहिचान र एकताको भावनाको लागि पनि खेलकूद आवश्यक रहेको बताए ।


१५ गतेसम्म चल्ने सप्ताहमा विभिन्न कक्षा अनुसार विद्यार्थीको विभाजन गरी प्रतिष्पर्धा गराइने विद्यालयका सहप्राचार्य इश्वरी प्रसाद पाण्डेले बताए । सप्ताहमा विभिन्न प्रतियोगिताहरु विद्यालयको प्राङ्गण,एन्फा एकेडेमी र वाणिज्य क्याम्पसको मैदानमा गराइने उनले बताए । विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई १६ गते बसन्त पञ्चमीको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्मान तथा पुरस्कृत गरिने विद्यालयकी प्राचार्य सिता पाण्डेले बताइन् । साथै सो अवसरमा साना तथा नयाँ बाबिालिकालाई विद्यालयमा अक्षराम्भ कार्यक्रम रहेको बताइन् ।