माघ १२,
ग्लोबल आवाज
बुटवल । ‘कुष्ठ रोग बिरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य मानाव अधिकारको सम्मान’– भन्ने नारासहित रुपन्देहीको कञ्चन गाउँपालिकामा कुष्ठ रोगबाट प्रभावितहरुलाई सहयोगी सामाग्री प्रदान गरिएको छ ।
६७ औं बिश्व कुष्ठरोग दिवसका अवसरमा गाउपालिका स्वास्थ्य शाखाद्वारा रोगबाट प्रभावित व्यक्तिहरुलाई सहयोगी सामाग्रीहरु वितरण गरिएको हो । गाँउपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले कञ्चनलाई कुष्ठरोग प्रभावित मुक्त गाउँपालिका बनाउन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको बताए । गाउपालिकामा ३ जना कुष्ठरोगी भएको र ती बिरामीहरुले चिकित्सकहरुको सल्लाहमा औषधी सेवन गरिरहेको उनले जानकारी गराए । यस्तै उपाध्यक्ष गोमा तरामुले कुष्ठरोगबाट बच्नको लागि कुष्ठरोगको लक्षण र सुरक्षित हुने उपायहरुका बारेमा सचेत हुनुपर्ने र नियमित रुपमा स्वास्थ्य जांच गरिरहनु पर्ने बताइन् ।
विशेषगरी स्थानीय आदीवासी समुदायमा कुष्ठरोग देखा पर्ने भएकोले कुष्ठरोग सम्बन्धी सचेतना अपनाउनु पर्ने बताइन् । कञ्चन गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पन्थीको अध्यक्षता तथा स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमको संचालनमा कार्यक्रम भएको हो ।
प्रतिक्रिया