ताजा अपडेट »

दक्षिण एसियाली तेक्वाण्डो च्याम्पिएनसिपमा मनिषाले जितिन् स्वर्ण पदक

बुधबार, ३१ साउन २०८०

बारा। बारा जिल्लाको निजगढ निबासी लिलाकुमारी सापकोटा ‘मनिषा’ले भारतको हैदरवादमा हालै भएको दक्षिण एसियाली च्याम्पिएनसिप आईटीएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । 

अगष्ट ४ देखि ६ तारिकसम्म सञ्चालन भएको प्रतियोगितामा पाँच ईभेन्टमा प्रतिस्पर्धा गरेकी मनिषाले जिरोगीको ४४ किलो तौल समुहमा स्वर्ण पदक पाएकी हुन । 

अन्य चार ईभेन्टमा भने उनले तीन रजत र एक कास्य पदक हासिल गरेकी छिन् । प्रतियोगितामा भारत पहिलो भएको थियो भने नेपाली टोली दोस्रो र बंगलादेशको टोली तेस्रो भएको छ । प्रतियोगितामा मनिषासहित नेपालले कुल २२ स्वर्ण पदक जितेको थियो  । 

निजगढ नगरपालिका वडा नम्बर ४ घर भएकी मनिषा हाल सशस्त्र प्रहरीमा कार्यरत छिन् । सापकोटाले बाग्देव तेक्वान्दो डोजाङबाट तेक्वाण्डो खेल सुरु गरेकी हुन् ।