माघ १२,
ग्लोबल आवाज
बुटवल । बुटवलकी ६ वर्षिया सोम्या पाण्डे ‘डेकर कपिलबस्तु डान्सिङ्ग स्टार’को उत्कृष्ट –५ मा पुगेकी छिन् । छमछमी कला केन्द्रले आयोजना गरेको डान्सिङ्ग स्टारबाट पाण्डे टप–५ मा पुगेकी हुन् । उनी बुटवलको न्यू होराइजन रुकूलमा कक्षा के.जी.मा अध्यनरत छिन् ।
प्रतियोगिताको सुरुवातदेखि नै उत्कृष्ट प्रस्तुति दिँदै सोम्या उत्कृष्ट ५ सम्म पुगेकी हुन् । उनलाई थप अगाडि बढ्न र उपाधि जित्न दर्शकको भोट नै मुख्य आधार हुने भएकाले भोट गरिदिन उनका बुवा दिपक पाण्डे ‘लक्की’ले आग्रह गरेका छन् । पाण्डे स्वयम् पनि कलाकार हुन् । आफ्नै घरबाट नृत्य सिकेर अघि बढ्दै गरेकी उनलाई भोट दिएर जिताउन सबैसँग पाण्डेले आग्रह गरेका छन् । उनलाई उपाधि जित्नका लागि आई.एम.ई पे डाउनलोड गरेर उनको कोड नम्बर–१३ मा भोट गर्न सकिन्छ । उनी टप–५ मा पुग्ने सबैभन्दा कम उमेरकी प्रतिष्पर्धी हुन् । प्रतियोगिताको उतकृष्ट ५ मा बुटवलकी पाण्डेसँगै पबि विश्वकर्मा, सिमा पाण्डे, मिसन घर्ती मगर र युना पाण्डे रहेका छन् । डान्सिङ्ग स्टारको जजमेन्टमा नायिका पुजना प्रधान, मोडल हरि शरण रिजाल र मोडेल सुमन पौडेल रहेका छन् ।
प्रतियोगिताका विजेताले उपाधिसँगै नगद १ लाख पुरस्कार सहि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।त्यसैगरी दोस्रो र तेस्रो पुरस्कार क्रमशः ५० हजार र २५ हजार रहेको छ । साथै द्वितीय र तृतीय हुनेलाई पनि विभिन्न गिफ्ट ह्याम्पर र म्यूूजिक भिडियोमा अभिनय गर्ने अवसर पनि रहेको छ । प्रतियोगितामा प्रदेश ५ का सबै जिल्लाबाट गरी करिब ४ सय ५० जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया