ताजा अपडेट »

सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

बुधबार, ३१ साउन २०८०

काठमाडौँ । डिजेलको भाउ प्रतिलिटर २१ रूपैयाँले बढेपछि यातायात व्यवस्था विभागले गाडी भाडा समायोजन गरेको छ।

अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ। अन्तरप्रदेश चल्ने गाडीको भाडादर समायोजन यातायात व्यवस्था विभागले नै गर्ने गर्छ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतले थपघट भएमा सवारी भाडा दर पनि समायोजन हुने गर्छ।