भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा सामुदायिक सुरक्षा जालो परियोजना सुरु भएको छ । नमूना एकिकृत विकास परिषद्को आयोजनामा विपद्मा परेकाहरुको सहयोग गर्ने उद्देश्य सहित साढे २ वर्षको लागि परियोजना लागु भएको हो ।
कार्यक्रम बारे जानकारी दिने उद्देश्यले नमूनाले गाउँपालिका कार्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
नमूना एकिकृत विकास परिषद्की कार्यकारी निर्देशक ज्ञानु पौडेलले गाउँपालिकामा बिपद्को समयमा आएको समस्या समाधानको लागि समन्वय गर्ने उद्देश्य रहेको बताईन । उनले बिपद्को समयमा बिपदकालीन सामना शक्तिको विकास संगै बिपद्ममा परेकहरुको मनोपरामर्शलाई कार्यक्रमलाई जोड दिने बताईन ।
कार्यक्रममा बोल्दै पौडेलले बिपद्को समयमा मात्र नभई बिपद् पूर्व पनि प्रतिकार्य योजना बनाउने लगायत काममा सहजीकरण गर्ने बताईन । यस संगै बिपद्कै समय अन्य सरोकारवाला निकायहरुसंगको समन्वयमा अति आवश्यक सामाग्रीहरु राहत स्वरुप वितरण गरिने जानकारी दिईन । यस संगै सम्बन्धित क्षेत्रमा सञ्जाल गठन गरि महिला नेतृत्वलाई अगाडी ल्याउने उद्देश्य पनि परियोजनाको रहेको उनले बताईन ।
नागरिक आवाजको आर्थिक सहयोगमा सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकामा परियोजना लागु भएको कार्यक्रम संयोजक राजेश जिसीले जानकारी दिए । उनले ५० लाख रुपैया राशी रहेको परियोजना दुबै पालिकामा २५÷२५ लाखका दरले कार्यक्रम गरिने बताए । परियोजना सन २०२३ को जनवरीमाम सुरु भई २०२५ को जुनमा समाप्त हुने जिसीले बताए ।
कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव ९सोनु० ले गाउँपालिका बिपद् प्रतिकार्य योजना पहिल्यै बनाई सकेकोले परियोजना संग सहकार्य गर्न सहज हुने बताए । उनले ओमसतिया गाउँपालिका बाढी, डुबान, आगलागि लगायतको बिपद्को उच्च जोखिममा रहेकोले परियोजनाले यस्ता बिपद्मा सहयोग पु¥याउने अपेक्षा ब्यक्त गरे ।
कार्यक्रममा ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर बराल, २ का शितल जिटी, ३ का प्रकाश सिंह, ४ का अखिलेश्वर कुमार पाण्डे, ५ का वडा अध्यक्ष मदन प्रसाद पोखरेल लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया