ताजा अपडेट »

बुटवलको नहरपुरमा डेङगी सचेतना

मंगलबार, ३० साउन २०८०
1 Shares

बुटवल । बुटवल उपमहमनगर पालिका वडा न ११ पश्चिम नहरपुरमा डेङ्गी सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरले शुरु गरेको खोज र नष्ट गर अभियान अन्तरगत टोल समितिको अगुवाईमा कार्यक्रम भएको हो ।

डेङ्गीको प्रकोप रहँदासम्म सरसफाई तथा जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिने टोल समितिका सचिव नन्दलाल पोख्रेलले जानकारी दिए । लामखुट्टेको टोकाईबाट डेङ्गी सक्रमण हुने भन्दै घर–घरमा सचेतनामुलक कार्यक्रम सचालन गरिएको हो । सो अवसरमा टोल समितिका पदाधिकारी सदस्यहरु, महिलास्वास्थ्य स्वयमसेविका र स्थानीयको सहभागिता रहेको थियो ।

टोलमा पानी जम्ने खाल्टाखुल्टी तथा टायरहरु व्यवस्थापन गरिएको थियो । टोल समितिले प्रत्येक हप्ता सामुहिक सरसफाई, घरवरपर सरसफाई गर्ने लगायतका निर्णयहरु गरेको छ ।