माघ २९,
काठमाण्डौ । पेय पदार्थ ब्राण्ड स्प्राइटले अभिनेता अनमोल केसीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । अनमोल केसी आकर्षक, प्रभावशाली लुक र व्यक्तित्वका धनी भएको भन्दै स्प्राइटले बजार प्रबर्द्धनमा सहयोग पुग्ने बताएको छ ।
कोका–कोला नेपालका लागि कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘स्प्राइटले विश्वव्यापी रुपमा प्यासनेट युवाहरुसँग सहकार्य गर्दै आएको छ, जुन अनमोलको छवि र व्यक्तित्व छ, त्यो हाम्रो ब्राण्ड स्प्राइटसँग पूर्ण रुपमा मिल्छ । हामी देशको मुटुको धड्कन बनेका अनमोलसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छौँ ।’
स्प्राइटका नवनियुक्त ब्राण्ड एम्बेस्डर अनमोल केसीले स्प्राइटको हिस्सा बन्न पाउँदा निकै उत्साहित भएको बताए ।
प्रतिक्रिया