माघ १२,
काठमाडौं । स्पेनिस ला लिगा अन्तगर्त गएराति भएको खेलमा बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ । भ्यालेन्सीयासँग २-० को हार बेहोरेसँगै अंकतालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले शीर्ष स्थानको दूरी कायम गर्ने मौका चुकाएको हो । भ्यालेन्सीयाको जीतमा म्यक्स गोमेज नायक बने ।
खेलको नवौं मिनेटमा नै भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो । जेरार्ड पिकेले पेनाल्टी क्षेत्रभित्र जोसे गायालाई लडाएपछि रेफ्रीले उनलाई पहेंलो कार्ड देखाउँदै पेनाल्टी दिएका थिए । तर म्याक्सी गोमेजको प्रहारलाई टेर स्टेगनले दायाँतर्फ उत्कृष्ट डाइभ दिँदै विफल पारे ।
पहिलो हाफ गोलरहित बराबरी खेलेपनि दोश्रो हाफको ४८ औं मिनेटमा गोमेजले पहिलो गोल गर्दै खेलमा अग्रता बनाएका थिए । त्यसपछि ७७ औं मिनेटमा दोश्रो गोल गर्दै भ्यालेन्सिया दुई शून्यले अगाडी रह्यो । खेलमा थप गोल हुन सकेन र भ्यालेन्सिया विजयी भयो । जीतसँगै भ्यालेन्सिया अंकतालिकाको पाचौं स्थानमा उक्लिएको छ भने ४३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । बार्सिलोना भन्दा एक खेल कम खेलेको रियल म्याड्रिड पनि ४३ अंकसहित दोस्रो स्थानमा छ । आज राति रियलले भल्लाडोलिडसँग प्रतिप्रर्धा गर्दै छ । यो खेलमा रियलले जित निकाले अथवा बराबरीमा खेले लिगको शीर्ष स्थानमा उक्लिने छ । –एजेन्सी
प्रतिक्रिया