बुटवल । नेपाल निजामती कर्मचारी संगठन रोहीणी पालिका समितिको अध्यक्षमा बुद्धिप्रसाद पन्त निर्वाचित भएका छन् । पन्तको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा ओमप्रकाश ठाकुर, महिला उपाध्यक्षमा धनकुमारी पाण्डे, सचिबमा आनन्दलाल कर्ण, सह सचिवमा ओमप्रकाश यादव, कोषाध्यक्षमा ताराप्रसाद गैरे चयन भएको संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले जानकारी दिए ।
संगठनको सदस्यहरुमा उदयराज अधिकारी, रामवृक्ष नाउँ, प्रयागराज शर्मा, गंगाप्रसाद लोनिया र सुनिता मल्लाह निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय सचिवालय सदस्य काशिराम आचार्यले सेवा प्रवाहलाई थप चुस्त दुरुष्त बनाउँदै कर्मचारीको हक र हितको लागि कानून सम्बत तरिकाले सामुहिक सौदावाजी गर्न संगठनले उल्लेख्य भुमिका खेलेको बताए । केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारीले संगठन सबै सेवा समुह र सबै तहका सबै खाले कर्मचारीहरुको माउ संगठनको रुपमा स्थापित भएकोले सबैको असल अभिभावकको भुमिका निर्वाह गर्न सक्ने संगठनको रुपमा स्थापित हुँदै गएको बताए । संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालको कर्मचारीको क्षमता बिकासको लागि स्थानीय सरकारसँग सामुहिक पहल कदमी लिने र उर्जावान केन्द्रीय टिम भएको बताउँदै कर्मचारीको हकहितका साथै सेवा प्रवाहमा समेत संगठनले सधै अग्रपङ्तीमा रहेर काम गरिरहेको बताए। नव निर्वाचित पालिका समितिका अध्यक्ष वुद्धिप्रसाद पन्तले सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्दै कर्मचारी हकहितमा सदैव लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
संगठन रुपन्देहीका सचिव जीवन पौडेलको सञ्चालन, कोषाध्यक्ष पदम थापाको स्वागतमा भएको कार्यक्रममा संगठनका जिल्ला सल्लाहकार भास्कर आत्रेय, जिल्ला सदस्य राजकुमार मिश्र, प्रेम बहादुर केसी लगायतले शुभकामना व्यक्त गरेका थिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई संगठनका केन्द्रीय सचिवालय सदस्य आचार्यले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।
प्रतिक्रिया