ताजा अपडेट »

जि-२५ क्लबद्वारा कपडा बैंक स्थापना गरी निःशुल्क वितरण

मंगलबार, ३० साउन २०८०

बुटवल । बुटबलमा उपमहानगरपालीका-११ मा रहेको जि-२५ क्लबले कपडा बैंक स्थापना गरेर निःशुल्क कपडा बितरण गरेको छ । सामाजिक कार्यमा सक्रिय हुँदै बुटबलका विभिन्न उद्योगी, ब्यवसायी तथा क्लबका सदस्यसँग कपडा संकलन गरी गरिव तथा विपन्नहरुका लागि कपडा वितरण गरिएको कार्यक्रम संयोजक लक्ष्मण पोख्रेलले बताए ।

जि-२५ क्लबका अध्यक्ष निर्मल नेपालले क्लबले बिभिन्न समयमा सामाजिक कार्य गर्दै आएको र यो पटक बैंक स्थापना गरेर कपडा संकलन गरी ३ दिनसम्म कार्यक्रमको आयोजना गरी कपडा वितरण गरिएको जानकारी दिए । सबैले सबैखालका कपडा क्लबमा संकलन गर्न सकिने उनले बताए । कार्यक्रम संयोजक लक्ष्मण पोख्रेलले करीब २ सय बढीलाई कपडा बितरण गरीएको बताए ।