बुटवल । नेकपा एमाले निकट अनेम संघ, पश्चिम नवलपरासीले आफ्ना सदस्यहरुका लागि दुई दिने लाछा/डोरी बुन्ने तालिम सदरमुकाम परासीमा सोमबारदेखि सुरु गरेको छ । अनेम संघलाई सीप र श्रमसँग जोड्दै नजिकिदै गएको सांस्कृतिक पर्व तीजको समयमा महिलाहरुले लाछा(डोरीको अत्यधिक प्रयोग गर्ने भएको हुँदा सो तालिमको आयोजना गरिएको संघकी जिल्ला अध्यक्ष दया दर्लामीले बताईन् ।
साथै लाछा/डोरी बुनेर बेच्ने आफूहरुले योजना बुनेको अध्यक्ष दर्लामीले सुनाइन् । आफू अध्यक्ष भएपछि पहिलो पटक आयोजना गरिएको यो तालिमले महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर गराउनका लागि सहयोग पुराउने अध्यक्ष दर्लामीको तर्क छ । महिलाहरु सधै अरुको भर पर्नुपर्ने अवस्थाबाट मुक्त भई आयआर्जनको गोरेटोतिर लम्कन अनेम संघ, नवलपरासीले वार्षिक योजना तर्जुमा गरि अघि बढ्ने र 'महिला पहिला'को नारालाई सार्थक बनाउन निरन्तर गतिशील हुने समेत दर्लामीले बताईन् ।
प्रतिक्रिया