ताजा अपडेट »

कोशीमा ३५ वर्ष यताकै ठूलो बहाव : ब्यारेजका सबै ढोका खोलियो, उच्च सतर्कता अपनाउन अनुरोध

सोमबार, २९ साउन २०८०

काठमाडौं। अत्याधिक वर्षाका कारण सप्तकोशी र गण्डक नहरका सबै ढोका खोलिएका छन् । मोरङ र सप्तरीको सीमामा रहेका कोशी ब्यारेजका सबै ५४ वटा ढोका खोलिएका छन भने गण्डक नहरका सबै ३६ वटा ढोका खोलिएका छन ।

दुवै नदीले खतराको सुची पार गरेपछि आवाश्यक सतर्कता अपनाउन नदीका तटीय क्षेत्रका बासिन्दालाई पुर्व सुचना दिइएको छ । गण्डक ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको छ भने ११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह भइरहेको जनाइएको छ ।

उता, बिगत ३५ वर्षपछि कोशीमा सबैभन्दा बढी पानी बगेको छ । पानीको बहाव अहिले ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड रहेको जनाइएको छ । सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव पुगेको रेकर्ड गरिएको थियो ।