ताजा अपडेट »

नेपाल प्रहरी लुम्बिनी प्रदेश श्रीमती संघद्वारा रक्तदान

सोमबार, २९ साउन २०८०

बुटवल । नेपाल प्रहरी श्रीमती संघको ३९ औं वर्ष  पुगेको अवसर पारेर  नेपाल प्रहरी  लुम्बिनी प्रदेस श्रीमती संघले बुटबलमा बृहत रक्तदान कार्यक्रम सम्पन गरेको छ ।रक्तदान जीवन दान भन्ने उद्देश्यले आयोजना गरीएको रक्तदान कार्यक्रम्मा नेपाल प्रहरी र स्थानीय गरेर  ८२ जनाले  रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रम्मा बोल्दै नेपाल प्रहरी लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी  नायव महानिरीक्षक   उमेश राज जोशीले प्रहरीको काम शान्ती  सुरक्षमा मात्र नभएर मानवीय सेवामा समेत  समर्पित हुनुपर्ने बताए । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशमा पहिलो पटक गठन भएको भन्दै गठन  भएको छोटो समयमा धेरै राम्रा काम गर्दै आएको प्रमुख जोशीको भनाई छ । दिन दु:खीलाई फलफूल बितरणदेखि तराई क्षेत्रमा झुल वितरण आत्महत्या न्युनीकरण सम्बधित अन्तरक्रिया सर्प द्वंश सम्बधी जनचेतना मुलक लगायतका सामाजिक कार्यक्रम गरेको उलने बताए ।

प्रमुख जोशीले शान्ती सुरक्षा प्रदान गर्ने बखत  गलत भएको छ र उक्त काम कानुनको विपक्षमा  भएको पाइए तुरुन्त त्यसलाई कावाहीको दायरामा ल्याउने र नेपालको कानुन अनुसार कावाही गर्न सबै  प्रहरी क्रमचारीलाई निर्देशन समेत दिए । प्रहरीको काम कर्तव्य अनुसार प्रहरीलाई ढुङ्गा हान्नेहरुलाई समेत प्रहरीलेनै रगत दिएर पनि बचाउनु पर्ने कार्यक्रममा सहभागीहरुले बताए । समाजमा हुने कुनै पनि गतल कार्यलाई निरुत्साहित गर्दै सामाजिक कार्यमा समेत प्रहरीले राम्रो भूमिका देखाउनु जरुरी रहेको बताए । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी गिता अर्याल लगाएतले बोलेका थिए