काठमाडौं । जनमत पार्टीबाट मन्त्री बन्न लागेकी अनिता कुमारी साहको शपथ आज (सोमबार) हुने भएको छ । साहको शपथ ग्रहण बिहान १० बजे तय भएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।
जनमतले मन्त्रीका लागि यसअघि नै साहको नाम सिफारिस गरेको थियो । आइतबार बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
यसअघि गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा जनमतबाट खानेपानी मन्त्री भएका अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए ।
प्रतिक्रिया