गुल्मी । गुल्मीमा रगत अभावका कारण कोही पनि बिरामी मर्न नपर्ने गरी रगत तम्तयारी अवस्थामा रहेको यहाँको एक संस्थाले दाबी गरेको छ । जिल्लाको सदरमुकाममा रहेको नेपाल स्वंयसेवी रक्तदान समाज गुल्मीले यस्तो दाबी गरेको हो ।
आईतबार नेपाल प्रहरीको श्रीमती संघ ३९ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा सो संस्थाले यस्तो बताएको हो । प्रहरीको रक्तदान कार्यक्रममा सहयोगी भुमिका खेलेको नेपाल स्वंयसेवी रक्तदान समाज गुल्मीका अध्यक्ष नवराज मरासिनीले आवश्यक पर्ने व्यक्तिलाई कुनै पनि बेला रगत उपलब्ध गराउन सक्षम रहेको बताए।
जिल्लामा नेपाल रेडक्रस सोईटीले पनि पहिलैदेखि रगत उपलब्ध गराउने पहल गर्दै आएको छ । सो संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद श्रष्ठले चौबिसै घण्टा उपलब्ध गराउनु पर्ने रगत संस्थाको सिमिति श्रोत साधनका कारण कतिपय अबस्थामा समस्या आउँदा यहाँको नेपाली, सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहयोग गदै आएको बताए।
कार्यक्रममा प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकद्वय निराजन घिमिरे, किरण सापकोटा र प्रहरी सहायक निरिक्षक याम बहादुर राना सहित १९ जना प्रहरीले रक्तदात गरेका थिए । प्रहरी सहायक निरीक्षक रानाले यो सहित १४ पटक रक्तदान गरेको बताए । रक्तदान गर्ने सबैलाई कार्यक्रमका अथितिहरुको हातबाट सम्मान पत्र हस्तान्तरण गराइएको थियो ।
त्यस्तै रक्तदान कार्यक्रमलाई सहयोग गर्ने सहित नेपाल स्वंयसेवी रक्तदान समाज गुल्मीका अध्यक्ष नवराज मरासिनी र केन्द्रिय सदस्य ध्रव पाण्डे, गुल्मी अस्पातालका ल्याब टेक्निसियनद्वय लक्ष्मण पन्थी र मनिषा अर्याललाई जिल्ला प्रहरी प्रमुख एसपी नविन किशोर प्रधानले सम्मान गरेको थियो । उनले नेपाल प्रहरीले अपराध नियन्त्रण र शान्ति सुरक्षाका अलवा बिपद्धमा परेका नागरिकहरुको उद्धारका क्षेत्रमा स्वंयसेवीको भूमिका निभाउदै आएको र नेपाल प्रहरीको श्रीमती संघले पनि सोही कार्य गदै आएको बताए ।
श्रीमती संघको स्थापना दिवसको अवसरमा गुल्मी प्रहरीले उनायचौरको पर्यटकीय क्षेत्रमा शौन्दर्यकरण गर्ने रङ्गिन फुलका बिरुवा समेत रोपण गरेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभावपति राजेन्द्र प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका सचिब प्रेम सुनार लगायतको आथित्यता रहेको थियो । प्रहरी प्रमुख प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी सहायक निरिक्षक अर्जुन न्यौपानेको संचालन रहेको थियो ।
प्रतिक्रिया