ताजा अपडेट »

असल बचत ऋण सहकारीको स्थापना दिवसमा रक्तदान

आइतबार, २८ साउन २०८०

बुटवल । असल बचत ऋण सहकारी संस्थाल आफ्नो १६ औं स्थापना दिवस विशेषको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।शुद्धोधन ४ फर्साटिकरमा भएको रक्तदान कार्यक्रममा ६१ पोइन्ट रगत संकलन भएको थियो ।

पछिल्लो समय डेंगु महामारीका कारण आम जनसमुदायमा रगतको अभाव रहेको र रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरिएको सहकारीले जनाएको छ । स्थापना दिवसकै सन्र्दभमा ५ कि.मि दौड प्रतियोगिता गरी प्रथम, द्वतीय र तृतिय हुने बिद्यार्थीहरुलाई नगद र प्रमाणपत्र वितरण समेत गरेको छ ।

उक्त कार्यक्रमको अध्यक्षता शुद्धोधन ४ मा रहेको सहकारीका अध्यक्ष बालकृष्ण पराजुलीले गरेका थिए भने प्रमुख अतिथीको रुपमा वडा नं ४ का अध्यक्ष् तथा शुद्धोधन गाउँपालिकाका प्रवत्ता केशव प्रसाद अधिकारीले गरेका थिए । कार्यक्रमको संचालन सचिव हेमन्त थापाले गरेका थिए ।

बिभिन्न संघसंंस्थाका प्रतिनिधीहरुले असल बचतको असल कामको प्रसंशा समेत गरेका थिए । उक्त कार्यक्रम मा असल बचत तथा ऋण सहकारी शस्थाका सेयर सदस्य स्व.पवन थारुको परिवारलाई १० लाख बिमा रकम र १० हजार काजक्रिया खर्च रकम नेको ईन्सोरेन्स मार्फत असल बचतले भुक्तानी समेत गरेको थियो ।