बुटवल । रोटरी क्लब अफ भैरहवाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिकाका ११ वटा शैक्षिक संस्थाबाट कक्षा १२ का विद्यार्थीहरुलाई सीप अभिवृद्धि विषयमा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास’ भन्ने मूल नारा सहित कार्यक्रमको आयोजना गरेको हो ।
रोटरी क्लब अफ भैरहवाका २३/२४ का अध्यक्ष उमेश चन्द्र आचार्यको अधक्ष्यता भएको कार्यक्रममा अतिथि सत्कार क्षेत्रका अनुभवी र दक्ष प्रशिक्षक कुन्दन बज्राचार्यले अतिथि सत्कार क्षेत्रको अवसर र चुनौतीको बिषयमा प्रशिक्षण दिएका थिए । साथै सिए सगुन खनालले चार्टर्ड एकाउन्टएट पढाईको बिषयमा फैलिएका तथ्य र भ्रमको बारेमा प्रकाश पारे ।
कार्यक्रम संयोजक राज कुमार बि.क. को स्वागत तथा सचिब हरी प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि क्लबका एसिष्टेन्ट गभर्नर हिरा बहादुर शाहले क्लबले नयाँ सोचका साथ् अगाडी बढाएको कार्यक्रमले युवा वर्गमा छुट्टै छाप छोड्ने छ भन्ने विश्वास व्यक्त गरे । कार्यक्रम मा रिड ३२९२ का पीडीजी संजय गिरिले विद्यार्थीले जुन बिषय पढे पनि आफ्नो सिपलाई सहि ठाउँमा सदुपयोगगर्नु पर्ने बताए ।
त्यसैगरी तेसै गरि रिड ३२९२ का आइपीडीजी जितेन्द्र राज भण्डारीले चार्टर्ड एकाउन्टएट पढाईले स्वरोजगार उत्पन्न हुन्छ भन्ने विश्वार व्यक्त गरे । साथै क्लबका पूर्व अधक्ष्य शिव हरि शर्माले आगामी दिनमा लेखा सम्बधि छोटो अवधिको तालिम संचालन गर्ने बताए । क्लबका अध्यक्ष उमेश चन्द्र आचार्यले सम्पूर्णलाई धन्यबाद दिँदै आगामी दिनमा विद्यार्थीहरुलाई विभिन्न बिषयमा अन्य संघ संस्थाहरुसंगको सहकार्यमा यस्तै कार्यक्रम संचालन गर्ने बताए ।
तालिममा समावेश भएका विद्यार्थीलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो। उक्त कार्यक्रम मा ४० जना विद्यार्थीहरु र २० जना क्लबका सदस्यहरुको उपस्थिति थियो ।
प्रतिक्रिया