बुटवल । लोकतन्त्रमा युवाहरुको सहभागितालाई सुनिश्चित गर्नका लागि उद्यमशिलता आवश्यक भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । अन्र्तराष्ट्रिय युवा दिवसको अबसरमा एकाउण्टेबिलिटी ल्याव नेपालले बुटवलमा आयोजना गरेको युवा र उद्यमशिलता बिषयक अन्र्तकृया कार्यक्रममा बोल्ने बक्ताहरुले उद्यमशिलताको लागि व्यबहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा सहभागिहरुले आफुले गरेको सघर्ष, प्राप्त गरेको सफलता र भबिष्यका योजनाहरु सुनाउदै युवाहरुको बिदेश पलायन रोक्नका लागि शिक्षालाई बैज्ञानिक , व्यबहारीक र प्रबिधियुक्त बनाउनु पर्ने बताएका थिए । उनीहरुले तिनै तहका सरकारको ध्यान र योजना युवाहरुलाई रोजगारी श्रृजना गर्ने तर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका महासचिब बिमलराज भटराइले बुटवल उद्योग बाणिज्य संघले व्याबसाय सुचना केन्द्र मार्फत युवाहरुलाई व्यबसाय दर्ता देखि सञ्चालन सम्मका प्रकृयाहरुमा परामर्श दिने कार्य गरिरहेको बताउनु भयो । उहाँले बुटवलमा सम्पन्न भएको रोजगार मेलामा ३५ कम्पनीले ४४२ जना दक्ष कामदारलाई तत्काल रोजगारी दिने ग्यारेण्टी गरेको जानकारी दिए।
रुपन्देही उद्योग संघका उपाध्यक्ष जीबकान्त काफ्लेले संघमा आवद्ध १ हजार २ सय उद्योगले ४५ हजार युवाहरुलाई रोजगारी दिएको भन्दै दक्षजनसक्तिको अहिले पनि उद्योगहरुमा माग रहेको बताए । उद्योग संघले रोजगार सुचना केन्द्र मार्फत रोजगारदाता र रोजगारीको अबसर खोजेकाहरुलाई सम्पर्क गराउने कार्य गरिरहेको बताए।
युवा व्यबसायी रामचन्द्र पन्थीले पुर्णकालिन राजनैतिक कार्यकर्ताको भुमिका छोडेर आफु अहिले उद्यमशिलता तर्फ लागेको अनुभव सुनाउदै लगनशिलता, मिहिनेत र धैर्यताले मात्रै व्यबसायमा सफलता प्राप्त हुने भन्दै युवाहरुलाई बिदेशको मात्रै सपना नदेख्न सुझाव दिए ।
कार्यक्रममा नेपाल बिद्यार्थी संघका अध्यक्ष सन्दिप पाण्डे, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष कपिल चापागाई, बिप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष पदम पराजुली, अखिल क्रान्तिकारीका छात्रा बिभागका सदस्य सपना देवती सुनार, युवा बिद्यार्थीहरु बिनिता पोखरेल, बिना पौडेल, अनुप सारु लगाएतले बोल्दै युवालाई रोजगारीका अबसर श्रृजना गर्ने र भबिष्यको सपना देखाउने दायित्व सरकारको भएकाले योजना, बजेट र अबसर युवा केन्द्रीत गर्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया