ताजा अपडेट »

नेकपा एमाले रुपन्देहीको स्वास्थ्य तथा जन सङ्ख्या विभागद्वरा बुटवलमा सचेता गोष्ठी

शनिबार, २७ साउन २०८०
1 Shares

बुटवल । नेकपा एमाले, रुपन्देहीको स्वास्थ्य तथा जनसंख्या विभागले शनिवार बुटवलमा स्वास्थ्य गोष्ठी एवम् नियमित स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । गोष्ठीमा रुपन्देहीको समग्र स्वास्थ्य स्थिति र रणनीतिक सुझाव सम्बन्धमा डा. सागर न्यौपानेले र डा. शक्ति बस्नेतले मृगौला समस्या, यसको रोकथाम एवम् उपचार पद्धतिका बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका पोलिब्युरो सदस्य एवम् लुम्बिनी प्रदेश सभाका एमाले संसदीय दलका नेता लिला गिरीले स्वास्थकर्मीहरुले समृद्व नेपाल निर्माणका लागि आफ्नो योग्यता र क्षमतालाई गहन ढंगले प्रयोग गर्न अनुरोध गर्दै स्वास्थ जनता रहेमा नै देश बलियो हुन सक्ने बताए । गोष्ठीमा नेताहरु दधिराम न्यौपाने, शिवराज सुवेदी, नेत्र पन्थी, तेजेन्द्र केसी, सुनील श्रेष्ठ, केदार नेपाल लगायतले रुपन्देहीको स्वास्थ्य स्थितिमा सुधार ल्याउन पार्टी सम्वद्व स्वास्थ्यकर्मीहरुले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा किरण ढकाल र केदार नेपाललाई सम्मान गरिएको थियो ।