भैरहवा । लुम्बिनी बिकास कोषले कोषको सम्पर्क कार्यालय काठमाण्डौमा राख्ने प्रस्तावको बिरोध हुन थालेको छ । कोषको उपाध्यक्षमा नियुक्त डा. ल्यारक्याल लामाले पहिलो बैठकमै कोषको कार्यालय काठमाडौं लैजान खोजेको यहाका संघ संस्थाले बिरोध गरेका हुन।
लुम्बिनी बिकास कोषको शुक्रबार बसेको बैठकले "लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौमा स्थापना गर्ने सम्बन्धमा आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने ।" भनी निर्णय गरेको छ ।
कोषका नवनियुक्त उपाध्यक्ष डा. लामाको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य र योजना प्रमुख सरोज भट्टराईको उपस्थिति छ ।
सोही बैठए मायादेवी मन्दिर जिर्णोदार गर्न कोष स्थापना गर्ने निर्णय गरि डा. लामाले ७ करोड रुपैया सो कोषमा जम्मा गर्ने प्रतिवद्द्ता जनाएका छन । स्थानियहरुले उपाध्यक्षले ७ करोडमा कोषको कार्यालय साट्न खोजेको भनी उपाध्यक्षको आलोचना गरेका छन ।
लुम्बिनी होटल संघले एक बिज्ञप्ती जारी गर्दै निर्णय परिवर्तन गर्न अनुरोध गरेको छ । संघका अध्यक्ष गोविन्द ज्ञवालीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा स्थापना काल देखि बिगत केही बर्ष अघि सम्म पनि लुम्बिनीले यहि नियती भोगेको उल्लेख छ । "काठमाडौमा कोषको सम्पर्क कार्यालयको नाउमा मुख्य कार्यालयको काम गर्ने, हरेक साना साना मिटिङ्ग बैठक र निर्णय उतै हुने, कार्वान्वयन लुम्बिनीमा हुँदा मात्र निर्णय थाहा पाउने, स्थानिय जनता पर्यटन ब्यबसायीहरुले उपाध्यक्ष समेत नचिन्ने, स्थानियको गुनासो पिर र सुझाव समेत कुण्ठित हुने लगायतको समस्या रहेको बिज्ञप्तीमा उल्लेख छ ।
यी समस्याहरबाट बल्ल तल्ल त्राण पाएको अबस्थामा फेरि नयाँ जिम्मेवारी साथ आएका उपाध्यक्षको गलत निर्णयले इतिहास दोहोरिनेमा ब्यवसायीहरु त्रसित देखिएको उनिहरुको भनाइ छ । लुम्बिनी विकास कोषको कुनै पनि बहानामा सम्पर्क कार्यालयको नाउँमा उपाध्यक्षको कार्यालय काठमाडौमा स्थानान्तरण गर्ने कार्यको यस लुम्बिनी होटल संघ नेपालको घोर बिमती रहेको छ, यस प्रकारको गलत निर्णय तुरुन्त सच्च्याउन यस संघ जोडदार माग गर्दछौं ।" बिज्ञप्तीमा उल्लेख छ ।
लुम्बिनीको नेतृत्व लुम्बिनी मै बसेर हुनु पर्ने उनिहरुको माग रहेको छ ।यसै गरि लुम्बिनी बचाउ संघर्ष समितीले पनि कोषको निर्णयको बिरोध गर्दै निर्णय फिर्ता लिन बिज्ञप्ती जारी गरेको छ ।
प्रतिक्रिया