ताजा अपडेट »

भैरहवाबाट काठमाडौ जाँदै गरेको गाडीबाट ३५ लाख नक्कली नाेट बरामद

शुक्रबार, २६ साउन २०८०

काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको छ ।

भैरहवाबाट जादै गरेको गाडीमा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ। उक्त रकम लिन आइपुगेका २ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको थियो।

घटनाको अनुसन्धानमा थप ७ जना पक्राउ परेका छन्। प्रहरीले भक्तपुरबाट पनि १५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको बुझिएको छ। पैसा छाप्न प्रयोग गरिएको मेसिन पनि बरामद भएको छ।