ताजा अपडेट »

बलात्कार आरोपमा एकजना पक्राउ

शुक्रबार, २६ साउन २०८०

रामेछाप । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप नगरपालिका-८ बाबियाखर्क बस्ने ३७ वर्षीय भुपेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

 भुजेलले ती बालिकालाई सोही ठाउँस्थित गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामेछापडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।