नवशिशुको जीवन आमाको दूधबाट शुरु हुन्छ । आमाको दूध त्यस्तो वस्तु हो जसले बच्चालाई बचाउने मात्र होइन रोगसँग लड्न सक्ने शक्ति समेत दिन्छ । त्यसैले त स्तनपानलाई पहिलो खोप तथा अमृतको उपमा दिइएको हो । स्तनपान बच्चाको लागि मात्र होइन आमाको लागि पनि उत्तिकै महत्व छ । स्तनपानले आमा बच्चा परिवार समाज र समग्र राष्ट्रको समुन्नतीमा प्रत्यक्ष अप्रत्यक्ष टेवा पुर्याइरहेको हुन्छ ।
स्तनपानको प्रवर्द्धनको लागि प्रत्येक वर्ष अगस्ट १ देखि ७ तद्नुसार असोज १७ देखि २३ सम्म “स्वास्थ्य र सुन्दर संसार स्तनपान एक मात्र आधार” भन्ने नाराका साथ स्तनपान सप्ताह मनाइरहेको छ । यसको तात्पर्य स्तनपानको महत्वको बारेमा चेतना अभिवृद्धि गराउँदै सामाजिक ब्याबहारमा ल्याउनको लागि गरिएको अभियान हो । यो अभियान स्तनपानको लागि गरिएको वकालत हो । यो सप्ताहब्यापी रुपमा नभै दैनिक गरिनुपर्दछ । जसले स्तनपानको सान्दर्भिकता, सार्थकता, महत्व हुनेछ ।
आमाको दुधमा Fatty acid भन्ने तत्वले बच्चाको वृद्धि र दृष्टि बढाउने काम गर्दछ । Intelligence quotients स्तनपान नगराएको बच्चामा भन्दा ८ अंकले बढी राम्रो हुन्छ । बच्चा जन्मने बित्तिकै आमाको दुध चुसाएमा सालनाल छिट्टै बाहिर निस्कन्छ । दुध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र रगत बग्ने खतरा घटाउँछ ।
स्तनपान नवशिशुको लागि वरदान हो । स्तनपान त्यस्तो खानाहो जसलाई कुनै पनि खानाले प्रतिस्थापन गर्न सक्दैन । जन्मने बित्तिकै खुवाउने दूध जसलाई बिगौती दूध भनिन्छ जुन बिगौती दूध खुवाउँदा बच्चालाई रोगसँग लड्न सक्ने शक्ति दिन्छ । जसलाई पहिलो खोप पनि भनिन्छ । यसको साथमा यसले बच्चाको दिसाबाट बिलिरुबिन भन्ने तत्व निष्कासन गरी कमलपित्त (जण्डिस) हुनबाट बचाउछ । विगौती दुधमा प्रोटिन, भिटामिन ए लगायतका सुक्ष्म पोषक तत्वहरु पाइने भएकोले बच्चाको वृद्धि र विकासमा मद्दत गर्छ तथा यसले बच्चालाई एलर्जि वा खाना नपच्ने हुन दिँदैन ।
स्तनपानले बच्चालाई श्वासप्रश्वास, झाडापखाला लगायत संक्रमण हुनबाट बचाउछ तथा कुपोषण र बाल मृत्युदर घटाउछ । स्तनपानले २२ प्रतिशत बाल मृत्युदर कम गरेको अध्ययनले देखाउँछ । पहिलो ६ महिनासम्म स्तनपान गरेको बच्चा भन्दा नगरेको बच्चाको मृत्यु हुने संम्भावना १४ गुणा बढी हुन्छ भने १ घण्टा भित्र शिशुलाई स्तनपान नगराउँदा शिशुको मृत्यु हुने सम्भावना ३ गुणा बढी हुन्छ । आमाको दुध बच्चाले सजिलै पचाउन सक्ने र सोस्न सक्छ । आमाको दुधमा रहेको प्रतिरोधात्मक तत्वले बच्चाको आन्द्राको रक्षा गर्छ र हानिकारक तत्वहरुलाई रगतसम्म पुग्न नदिई शरीरलाई रक्षा गर्ने काम गर्छ । स्तनपानले बच्चाको गिंजा र दाँतको विकासमा सहयोग गर्छ । स्तनपानको चुसाइले अनुहारको मासंपेशिको विकास गर्न सहयोग गर्दछ । आमासँग पटक-पटक टासेर राख्ने गर्दा स्नेहपूर्ण सम्बन्ध हुने जसले गर्दा बच्चाको मानसिक र शारीरिक तथा सामाजिक विकास गर्न सहयोग गर्छ ।
स्तनपानले बच्चा र आमालाई मोटोपनबाट बचाउँछ । स्तनपानले परिवार योजनाको काम गर्छ । आमाले २४ घण्टामा १० देखि १२ पटकसम्म महिनावारी नफर्किएको अवस्था तथा बच्चा जन्मेको पहिलो ६ महिनासम्म प्रभावकारीपूर्ण स्तनपान गराउँदा ९८ प्रतिशत गर्भ निरोधकको काम गर्दछ । आमाको दुधमा Fatty acid भन्ने तत्वले बच्चाको वृद्धि र दृष्टि बढाउने काम गर्दछ । Intelligence quotients स्तनपान नगराएको बच्चामा भन्दा ८ अंकले बढी राम्रो हुन्छ । बच्चा जन्मने बित्तिकै आमाको दुध चुसाएमा सालनाल छिट्टै बाहिर निस्कन्छ । दुध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र रगत बग्ने खतरा घटाउँछ । बच्चा जन्मने बित्तिकै स्तनपान गराएमा दुध छिट्टै आउँछ र तुरुन्तै पटक पटक दुध चुसाउनाले स्तन गानिनबाट बचाउछ । स्तनपानले आमाको कामको भारलाई घटाउछ जसमा पानी उमाल्ने, इन्धन जुटाउने, दुध बनाउने, पैसाको जोहो गर्ने इत्यादी । आमाको दुध जति बेला जहां पनि खुवाउन सकिन्छ । यसले आमाको स्तन पाठेघरको क्यान्सर तथा अन्य समस्याबाट बचाउने गर्दछ । समाजमा स्तनपान गराएमा आफ्नो शरीर बिग्रने डर र सोचाइँले उक्त महिलाको शरीरमा झन् असर पर्दछ ।
स्तनपान नगराएको बच्चा झगडालु, आमासँग घुलमिल हुन नसक्ने, अपराधिक कार्यमा लाग्ने सम्भावना बढी हुने पनि अनुसन्धानबाट पत्ता लागेको छ । उनिहरुमा सिक्न सक्ने, बुझ्ने क्षमता कमी, दिमागको विकास नहुने, पछि गएर मुटु रोग, मधुमेह, दम जस्ता रोगहरुको जोखिम उच्च हुनुको साथै दाँत सम्बन्धी समस्याहरु देखा पर्दछन् ।
स्तनपान एउटा कला हो । स्तनपानको अपरिहार्यता हुदाँहुदै समाजमा आमाहरुले स्तनपान गराउने उपयुक्त विधी नअपनाउँदा विविध खालका समस्याहरु झेल्नु परेको छ । जस्तै बच्चाले दुध चुस्दैन, मेरो दुध आउँदैन, बच्चालाई मेरो दुधले पुग्दैन, मेरो स्तनमा समस्या आयो इत्यादी । यी समस्याहरु समाधान गर्नका लागि स्तनपानका निश्चित विधि छन् जसमा आसन र सम्पर्क मुख्यहो । आसन भन्नाले बच्चामा टाउको आमाको हातको नाडीको माथिल्लो भागमा, बच्चाको ढाड र चाक हत्केलामा, बच्चाको पेट आमाको पेटसँग जोडिएको र बच्चाको हात आमाको कम्मर पछाडी हुनुपर्छ वा बच्चाको शरीर सिधा, बच्चाको शरीर, मुख आमातिर फर्किएको, बच्चा आमाको नजिक र आमाले बच्चाको सम्पूर्ण शरीरलाई थामेको हुनुपर्छ ।
बच्चाको २ वर्ष भित्रमा ८० प्रतिशत दिमागको विकास हुन्छ । प्रत्येक महिना ५०० ग्रामका दरले विकास हुनुपर्दछ । अहिले नेपालमा पुड्कोपन ३६ प्रतिशत, ख्याउटेपन १० प्रतिशत, कमतौल २७ प्रतिशत र आवश्यकभन्दा बढि तौल हुने २ प्रतिशत छ । बच्चालाई सहि आसन र सम्पर्क गराइ प्रत्येक पटकको स्तनपानमा कम्तीमा १० देखि १५ मिनेटसम्म स्तनपान गराएमा बच्चाले आमाको दुधबाट पाउन पर्ने पौष्टिक तत्व पाउँछन् ।
त्यस्तै स्तनपानमा सम्पर्क भन्नाले स्तनपान गराउँदा बच्चाको मुख पुरा खोलेको, बच्चाको तल्लो ओठ बाहिरतिर फर्केको, बच्चाको चिउडोले आमाको स्तन छोएको र स्तनको धेरै जसो कालो भाग बच्चाको मुखभित्र पसेको हुनुपर्दछ । यी दुई स्तनपानको विधि आसन र सम्पर्क उपयुक्त तरिकाले अपनाएमा माथि उल्लेख भएका समस्याहरु आउँदैनन् । यी विधि अपनाएमा स्तनपान राम्रो र प्रभावकारी हुन्छ । स्वस्थ आमाले दैनिक ४५० लेखि ६५० मि.लिसम्म दुध उत्पादन गर्न सक्छिन् जुन बच्चाको लागि प्रयाप्त हुन्छ ।
सन् १९९८ को अध्ययनले करिब ९० प्रतिशत आमाहरुले २३ महिनासम्म स्तनपान गराएको, ३० प्रतिशतले ३५ महिनासम्म स्तनपान गराएको पाइयो । सन् २०११ मा ६ महिनासम्म दुध मात्रै खाने ७० प्रतिशत पाइयो भने सन् २०१६ मा ६ महिनासम्म पूर्ण स्तनपान ६६ प्रतिशत, १ घण्टा भित्र स्तनपान ५५ प्रतिशत गराएको तथ्याङ्क छ । त्यसै सन् २०१६ को तथ्याङ्क अनुसार १ महिनासम्मा पूर्ण स्तनपान ८० प्रतिशत, २ देखि ३ महिनासम्म ७२ प्रतिशत, ४ देखि ५ महिनासम्म ४१ प्रतिशत र कहिलै स्तनपान नगराउने १ प्रतिशत छ ।
बच्चाको २ वर्ष भित्रमा ८० प्रतिशत दिमागको विकास हुन्छ । प्रत्येक महिना ५०० ग्रामका दरले विकास हुनुपर्दछ । अहिले नेपालमा पुड्कोपन ३६ प्रतिशत, ख्याउटेपन १० प्रतिशत, कमतौल २७ प्रतिशत र आवश्यकभन्दा बढि तौल हुने २ प्रतिशत छ । बच्चालाई सहि आसन र सम्पर्क गराइ प्रत्येक पटकको स्तनपानमा कम्तीमा १० देखि १५ मिनेटसम्म स्तनपान गराएमा बच्चाले आमाको दुधबाट पाउन पर्ने पौष्टिक तत्व पाउँछन् । ६ महिनासम्म बच्चाले २४ घण्टामा ६ देखि ८ पटक पिसाब गरेमा पर्याप्त स्तनपान हो भनि जान्न सकिन्छ । विश्वस्वास्थ्य सँगठनका अनुसार बच्चा जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान तथा २ वर्षसम्म स्तनपान गराउनु पर्ने सुझाएको छ भने बच्चा ६ महिना भएपछि स्तनपान साथसाथै थप आहार खुवाउन पर्दछ ।
नेपालमा आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु विक्री वितरण नियन्त्रण ऐन २०४९ ले स्तनपानको संरक्षण र सम्वद्र्धन तथा आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु लगायत बाल आहारको विक्री वितरणलाई नियमित गरी बच्चाहरुको लागि सुरक्षित एवम् पर्याप्त पोषणको व्यवस्था गर्ने उल्लेख छ । यो वर्ष पनि नेपालले विश्व स्तनपान सप्ताह २०८० (१६ देखि २२ श्राबण २०८०) ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारहरुको प्रतिबद्धता’ भन्ने नाराका साथ मनाइयो । तसर्थ स्तनपानलार्र्ई जीवनको स्वर्णिम पूर्वाधार, प्रारम्भको रुपमा ग्रहण गर्दै यसको प्रवर्द्धन विकास, सचेतना गराउन जगाउन जरुरी छ । स्तनपानका बारेमा हरेक तह र तप्कामा सबैले खुलेर बहस पैरबी गरौ । यसको अपरिहार्यता अकाट्य छ । स्तनपान असल सम्वृद्ध जीवन ।
प्रतिक्रिया