ताजा अपडेट »

सर्लाहीमा बाढीबाट दुईजनाको मृत्यु

बुधबार, २४ साउन २०८०

सर्लाही । सर्लाहीमा बाढीका कारण दुईजनाको मृत्यु भएको छ । भारी वर्षाका कारण आएको बाँके खोलाको बाढीले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको हो । 

यस्तै सर्लाहीको बरहथवा नगरपालिकास्थित हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो । उनलाई खेतमा काम गर्न जाने क्रममा बागमतीले बगाएको थियो । तत्कालै स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका पनि उनलाई चिकित्सकले मृत घोषणा गरे ।