ताजा अपडेट »

एनआरटीविरुद्ध आर्मीको बराबरी

शनिबार, ११ माघ २०७६

माघ ११,

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि दावेदार बिभागीय टोली त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।

शनिबार भएको खेलमा शीर्ष स्थानमा रहेको टोली आर्मीले न्युरोड टिम एनआरटी क्लबसँग गोलरहित बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको इन्जुरी समयमा जुनियर निकेनगुएले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा एनआरटी १० खेलाडीमा सिमित भएको थियो ।

बराबरीसँगै आर्मीले ८ खेलमा १७ अंक जोडेको छ । आर्मी स्थानमा छ । एनआरटीले ८ खेलमा १२ अंक जोडेको छ ।