ताजा अपडेट »

दोलखामा पहिरो जाँदा एक बालकको मृत्यु

बुधबार, २४ साउन २०८०

दोलखा । दोलखामा पहिरो जाँदा पुरिएर बिगु गाउँपालिका– २ का १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको छ । 

माछा मार्न जाने क्रममा बाटोमा खसेको पहिरोमा पुरिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । प्रहरीका अनुसार उनी माछा मार्न तामाकोसी नदीतर्फ जाँदै गरेका थिए । 

उनीसँगै गएका अरु तीन जनाले भने भागेर ज्यान बचाएका छन् ।