ताजा अपडेट »

कैलालीमा सवारी दुर्घटना, नौ जना घाइते

मंगलबार, २३ साउन २०८०

धनगढी । कैलालीको चौमाला नजिकमा दुर्घटना भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित गोप्कामा दुर्घटना भएको हो। 

कञ्चनपुरको बेलौरीका ३९ वर्षीय सोकन रानाले चलाएको  भे १ ज १३२१ नम्बरको ह्वीङ्गर र चुरे गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय तेजबहादुर बुढाथोकीले चलाएको से १ क ६२६ नम्बरको टिपर ठोकिएका हुन्। पूर्व–पश्चिम राजमार्गको गोप्कामा टिपर र ह्वीङगर आपसमा ठोकिएदा नौ जना घाइते भएका छन्।

चालकहरुलाई इलाका प्रहरी कार्यालय, चौमालाले नियन्त्रणमा लिएको छ। घाइते भएका नौ जनाको बडिमालीका  पोलिक्लिनिक चौमालामा उपचार हुँदैछ।
 
धनगढी, २३ साउन । कैलालीको चौमाला नजिकमा दुर्घटना भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित गोप्कामा दुर्घटना भएको हो। 