कपिलवस्तु । कपिलबस्तुमा बसले ठक्कर दिएर १० गाइगोरु मरेका छन् । जिल्लाको वाणगंगा र बुद्धभूमि नगरपालिकाको सिमा क्षेत्र स्थित खारखानी भन्ने ठाउँमा गयराति याुत्र बसको ठक्करबाट ती पशु चौपाएको मृत्यु भएको हो । ठक्कर दिने वसलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले नियन्त्रणमा लिएको छ ।
सडकमा रहेका गाइगोरुको हुललाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । जानाजान राष्ट्रिय जनावर गाईलाई मारेको ठहरिएमा कानुनअनुसार कारबाहीको व्यवस्था हुनेछ । बाणगंगामा छाडा पशुचौपायको संख्या धेरै भएपछि दुर्घटना बढिरहेको छ भने धेरै पशुचौपायको यसरी मृत्यु भइरहेको छ ।
प्रतिक्रिया